चितवन, १ असार ।
इच्छाकामना गाउँपालिकामा माइक्रो र ट्रक ठोक्किँदा ३ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । शुक्रबार बिहान सवा ७ बजेतिर इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारको पानीधारामा पोखराबाट काठमाडाैंका लागि छुटेको ग १ ख ७६९२ माइक्रो र ना ४ ख ४०६४ नम्बरको ट्रक ठोक्किँदा तीन जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाएका कसैको पनि परिचय खुलेको छैन । घाइते ९ जनालाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ ।
प्रकाशित मिति : २०७५ असार १ गते शुक्रवार