तुलसीपुर,१ असार ।
नेकपाको विधान र नियमावली अन्तिम सम्पादन सकेर कार्यदलले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ । विधान र नियमावलीलाई महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यद्वय बेदुराम भुसाल र देव गुरुङ तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा रहेको कार्दलले अन्तिम रूप दिएपछि आज अध्यक्षद्धय ओली र दाहाललाई बुझाएको हो ।
नियमावली दुवै अध्यक्षले नियमावलीलाई अध्ययन गरेर आउदो बैठकमा प्रस्तुत गर्ने कार्यदलका सदस्य देव
गुरुङले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका दुई भातृसंगठन खारेज भएका छन् । तत्कालीन एमालेको भातृ संगठन युवा संघ र माओवादी केन्द्रको भातृ संगठन वाईसीएल खारेज भएका हुन् ।
युवा संघ नेपाल र वाईसीएलको तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको संयुक्त बैंठकले दुबै संगठन खारेज गर्ने निर्णय गरेको हो । दुईवटै पार्टी एक भएपछि भ्रातृ संगठन पनि एक भएर अगाडि बढ्ने निर्णय गरिएको तत्कालीन दुवै संगठनका नेताले बताएका छन् ।