तुलसीपुरका मासु व्यवसायीले के-के कुरामा गरे प्रतिवद्धता ?

तुलसीपुर, ३१ जेठ  ।

तुलसीपुर उपमहानगरपालिका र यहाँका मासु व्यवसायीका विचमा मासु पसल सफा र स्वच्छ राख्ने सहमति भएको छ । अनुगमनका क्रममा मासु पसल फोहोर भएको खवर सार्वजनिक भएपछि उपमहानगरपालिकाले मासु व्यवसायीलाई वोलाएर सहमति गरेको हो । नगरप्रमुख घनश्याम पाण्डेले मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको कुरामा स्वच्छता हुन अनिवार्य भएको वताउँदै जथाभावि फोहोर गर्नेमाथि कारवाही गरिने वताए ।

मासु व्यवसायी समितिका अध्यक्ष ऋषिराम गुरुङ्गले आफुहरुले तत्काल वधशाला सफा राख्ने वताउँदै कमिकमजोरीलाई सुधारेर अगाडि जाने वताए । यसैविच उपमहानगरपालिका र व्यवसायीका विचमा विभिन्न वुँदामा सहमति पनि भएको छ । सहमति अनुसार पसलमा जाली राख्ने, मासुमा झिँगा नभन्कियोस् भन्ने किसिमले व्यवस्थित गर्नुपर्ने,जथाभावि वासी मासु वेच्न नहुने लगायतको सहमति भएको छ । सहमति पालना नगरेमा उपमहानगरपालिकाले व्यवसायीहरुलाई कारवाहीको दायरामा ल्याउने पनि नगरप्रमुख पाण्डेले वताए ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया