दुर्घटनामापरी तुलसीपुरका गुमानसिङको धरानमा मृत्यु

 

तुलसीपुर, ३१ जेठ
गएराति ट्रेक्टर दुर्घटनामापरी दाङका एक युवकको धरानमा मृत्यु भएको छ । धरान उपमहनगरपालिका १२ छाताचोकमा को२त ५१४० नम्बरको टे«क्टरले लु३०प ३१०० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा तुलसीपुर ८ अश्वारा निवासी २९ बर्षका गुमानसिङ बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक रामेश्वर पौडेलले जानकारी दिए । दुर्घटना राति साढे ११ बजे भएको थियो । बस्नेत विगत डेढ बर्ष देखि नापीशाखा कार्यालय धरानमा अमीन पदमा कार्यरत रहदै आएका थिए । बस्नेत धनकुटाबाट धरान तर्फ फर्कदै गरेका थिए । ठक्र दिने टे«क्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बस्नेतको शव बुझन वुवा रेशम बहादुर बस्नेत धरान पुगेका छन् । शव लिएर आजै फर्किने र अन्त्यष्टी भोलि गरिने आफन्तले बताएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया