हिमाल शर्मा ,सल्यान ३० जेठ ।
प्रदेशको वजेटलाई हेरेर गाउपालिकाले आफ्ना योजना छनोट गर्ने सिद्धकुमाख गाउपालिका अध्यक्ष चित्र वहादुर चलाउनेले वताउनु भएको छ । जनतासँग जनप्रतिनिध, रेडियो वहस कार्यक्रममा उहाँले यस्तो वताउनु भएको हो । प्रदेश सरकारले अव केहीदिनमै वजेट विनियोजन गर्ने र गाउपालिकाले त्यही अनुसार वडा स्तरवाट योजना छनोट गरी ल्याउने उहाँले वताउनुभयो ।
प्रदेश सरकारले वजेट विनियोजन गरेमात्र आफुहरुले गाउपालिका भित्रका साना तथा ठुला योजना तयार पार्ने वताउनुभयो । गाउपालिका भित्रका सडक र विद्युतलाई प्राथामिकतामा पारेर गाउपालिकाले कामागरीरहेको उहाको भनाई छ । गाउपालिकामा करिव ९० प्रतिशत काम संपन्न परीसकेको र ६० प्रतिशत भुक्तानी गरीसकेकोले अव १० प्रतिशत काम सम्पन्न वाकी रहेको उहाले वताउनु भयो ।
यस्तै गाउपालिका अपाध्यक्ष पुष्पा कुमारी वोहराले आफु निर्वाचित भए पछि गाउपालिकामा ३ वटा मुद्धा दर्ता भएको र ति मध्य एउटा मुद्धा टुङग्याएको र दुई वटा मुद्धा टुङगीने प्रकृयामा रहेका वताउनु भयो । विशेष गरी आफु न्यायिक समितिको संयोजक भएकोेले गाउपालिकामा खासैठुला मुद्धा नआएकोले साना सना मुद्धा छलफलको माध्याम वाट किनारा लगाएको उहाले वताउनु भयो ।
सिद्ध कुमाख गाउपालिकाका्े आर्थिक सहयोग तथा रेडियो राप्ती एफएमको आयोजनामा सिद्धकुमाख गाउपालिका वडा नं १ मा सो कार्यक्रम संपन्न भएको हो । कार्यक्रममा वडा नं। १ का वडा अध्यक्ष राम वहादुर वस्नेतले गाउ स्तरका योजना लाई प्रथामीकताका अधारमा संपन्न गर्ने वताउनु भयो । आफनो वडा मा २ करोड ३४ लाख वजेट विनियोन गरीएकोमा ९० प्रतिशत काम संपन्न भएको वताउनुभयो ।
आफुले शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी,संचार लगाएलाई प्राथामीकतामा पारेर काम गरिरहेका वताउनु भयो । वडामा लक्षीत वर्गको वजेट विनियोजन नगरीएकोले लक्षित वर्गका कार्यक्रम संचालन गर्न नसेको उहाको धारण रहेको छ । कार्यक्रममा स्थानीय वासीले गाउपालिकाले संचालन गरेका कामहरु प्रभावकारी नभएकोमा गुनासो व्यक्त गरेका थिए ।
कार्यक्रम समग्रमा प्रभावकारी भएपनि कार्यन्वयनमा समस्या भएको स्थानीय ८४ वर्षीय शिवलाल रेउलेले वताउनु भयो । आफु पहिले पनि गाविसका योजना छनोटमा वस्ने गरेको र त्यो योजना जनपक्षिय नभएको र अहिले जनप्रतिनिधि आउदा काम फलदायी भएपनि प्रभावकारी नभएको उहाले गुनासो सुनाउनुभयो ।
कार्यक्रममा सिद्धकुमाख गाउपालिकाका प्रशासकिय अधिकृत हरिजंग चन्द, गाउपालिका स्तरीय शिक्षा शाखा प्रमुख,कृर्षि शाखा प्रमुख, लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ सल्यानका सह–सचिव शिवलाल डागीले गर्नुभएको थियो ।