काठमाण्डौं, १९ असोज । अमेरिकामा रहेको नेपाली दूतावासले मेक्सिको र ग्वाटेमालाको सिमानामा मेक्सिकन सेनाले ट्रकमा गोली चलाएको घटनामा सबै नेपाली सुरक्षित रहेको जनाएको छ । गएको बुधवार नेपालीसहित ३३ जना आप्रवासी चढेको ट्रकमा ग्वाटेमालाको सिमानामा मेक्सिकोको सेनाले गोली चलाएको थियो । घटनामा ६ जना आप्रवासीले ज्यान गुमाएको खबर सार्वजनिक भएको थियो ।
त्यस घटनामा नेपाली पनि परेका हुन सक्ने अनुमान गरिएको थियो । आज विज्ञप्ती निकालेर अमेरिकामा रहेको नेपाली दूतावासले ट्रकमा ११ जना नेपाल नेपाली रहेको पुष्टी गर्दै उनीहरु सुरक्षित रहेको र अहिले मेक्सिकोको प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।।
प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार