जनता आवास कार्यक्रम: दाङमा पाँच सय घर बनेनन्

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २९ जेठ ।
जनता आवास कार्यक्रम अन्र्तगत दाङमा निर्माण हुने भनेका पाँच सय घर नबन्ने भएका छन । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्र्तगत पाँच सय घर निर्माण गर्ने योजना भएपनि वजेट नआउदा भवण निर्माण कार्य रोकिएको हो ।

उनका अनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा बाँकी रहेका आवास निर्माण कार्यलाई नै निरन्तरता दिईएको छ । जनता आवास कार्यक्रम अन्र्तगत गत वर्ष दाङमा आठ सय सोह्र वटा घर निर्माण गर्ने कार्यक्रम रहेको थियो । तर गत वर्ष असार मसान्त सम्म दुई सय एघार वटा मात्र आवास निर्माण भएको कार्यालयका डिभिजन प्रमुख पाण्डेले बताएका छन् ।

उनका अनुसार चालु आर्थिक वर्षमा बाँकी छ सय पाँच वटा आवास निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । घर निर्माण भईसके पनि अन्तिम किस्ता बापतको रकम भुक्तानी हुन बाँकी रहेको उनले बताएका छन् । उनका अनुसार अवको केहि समय भित्रै उनिहरुले उक्त रकम बुझ्नेछन ।

चालु आर्थिक वर्षमा गत वर्षको कार्यक्रमलाई क्रमागत रुपमा सन्चालन गरीएको जानकारी दिदै कार्यालयका डिभिजन प्रमुख पाण्डेले चालु आर्थिक वर्षको नयाँ कार्यक्रम आउदो आर्थिक वर्षमा सन्चालन गरिने बताएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया