तुलसीपुर , २८ जेठ ।
दाङमा एक महिला माथि निर्घाट कुटपिट भएको छ । राप्ती गाउँपालिका १ भालुवाङमा दुई जना महिलाको कुटाईबाट अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका ९ ठाडाखोला निवासी वर्ष ३८ वर्षिया दिलमाया पुन घाईते भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
कुटपिट घटनामा सलग्नहरु भालुवाङ निवासी वर्ष २९ कि अनिता गुप्ता र वर्ष ३५ की रेखा गुप्ता रहेको प्रहरीले जनाएको छ । उनीहरुले पुनलाई निर्घात कुटपिट गरेको बताइएको छ । घटना गएको शुक्रवार हो । कुटपिट गर्ने दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरुले सार्वजनिक स्थानमा कुटपिट गरेको भन्दै उनीहरुलाई आज म्याद थप गरी सार्वजनिक मुद्धा चलाईने तयारी गरीएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।
जग्गाको विषयमा उनीहरुले आफुमाथी कुटपिट गरेको पिडितले प्रहरी समक्ष बताएकी छिन् । पुरानो भालुवाङ बजार स्थीत नगरविकास समितिको पश्चिम क्षेत्रमा आफुले किनेको जग्गा हेर्न आएको बेला उनीहरुले ५० हजार रुपैयामा जग्गा बिक्री गर्न आग्रह गरेको पिडितको भनाई छ । उनीहरुको आग्रहलाई आफुले नमानेपछि आफुमाथी आक्रमण भएको पिडितको भनाई छ । साथै घटनामा सम्लग्न अन्य व्यक्तिहरुको समेत अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।