तुलसीपुर, २८ जेठ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा बालविबाह न्युनिकरण सम्वन्धि सचेतनामुलक सडक नाटक प्रर्दशन गरीएको छ । वडा कार्यालयको आयोजनामा शनिवार र आईतवार गरी दुई दिन सम्म सडक नाटक मार्फत बाल विवाह न्युनिकरण सम्बन्धी सन्देशमुलक नाटक प्रर्दशन गरीएको वडा कार्यालय बालसंरक्षण समितिका संयोजक डिला परियारले जानकारी दिएकी छिन् ।
वडा भित्र कसैले पनि बाल विवाह गर्नु हुदैन भन्ने सन्देश दिनका लागी वडामा यस्तो अभियानको सुरुवात गरीएको उनको भनाई छ । दुई दिन सम्म वडाको बायोखोला, खाद्रे, बनहरीको थापाटोल, लामीदमार, घोरानेटी, रक्षाचौरको चारबाटोचोक लगाएतका स्थानमा बाल विवाह विरुद्धको नाटक प्रर्दशन गरीएको हो ।
वालविबाह गरेमा शारीरीक,मानसीक लगाएत विविध समस्या उत्पन्न हुन्छ त्यसैले बाल विवाह गर्नु हुदैन,२० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्छ, बालविवाह गरे गराएमा कानुनी कारवाहि पनि हुन्छ जस्ता सन्देशलाई समेटेर नाटक तयार गरीएको थियो ।
नाटकमा मुल्कोट टोलविकास संस्था अन्र्तगत समिक्षा पुन, विशाल पुन, लक्ष्मी वली, गिरिराज घर्ति, डिला वली, हिमाल वली, मोतिराम वलीले भाग लिएको समितिका सदस्य ऋषिराम पुनले जानकारी दिएका छन् । यस्तै प्रकास केसी र झरना वली लगाएतको नाटक प्रर्दशनमा भुमिका रहेको थियो ।
वडा नम्वर ४ मा बालविवाह रोक्नका लागी सडक नाटक प्रर्दशन
प्रकाशित मिति : २०७५ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया