तुलसीपुर,२५ जेठ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा वृहत साहित्य महोत्सव आजबाट सुरु हुँदैछ । २ दिनसम्म चल्ने महोत्सवमा विकास, पर्यटन, साहित्य र सँस्कृतिका वारेमा छलफल हुने संयोजक देवराज विकले जानकारी दिए । कार्यक्रममा विश्लेषक हरि रोका, साहित्यकार अमर न्यौपाने, मदनकृष्ण श्रेष्ठ, सिवानीसिँह थारु, कवि रमेश क्षितिज, पत्रकारहरु वसन्त वस्नेत, विमल आचार्य र दिपक सापकोटा, पूर्व सहसचिव रमेश अधिकारी र दङ्गाली स्रष्टाहरु टिकाराम उदासी, डा. गोविन्द आचार्य, प्रमोद धिताल,नारायण नेपाल र तुलसीपुर उमपहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे लगायतले वहस गर्नुहुने कार्यक्रम रहेको सदस्य सचिव वसन्त विवश आचार्यले जानकारी दिए । तुलसीपुरलाई साहित्यको केन्द्रका रुपमा विकास गर्नका लागि महोत्सवको आयोजना गरिएको पनि आचार्यले वताए । विहान ८ वजे प्रभातफेरी हुने र तुलसीपुरको एकान्त होटलमा विहान ९ वजे कार्यक्रमको उद्घाटन हुनेछ ।
तुलसीपुरमा साहित्य महोत्सवको तयारी पुरा
प्रकाशित मिति : २०७५ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया