पुर्ण सरसफाई घोषणाका लागी व्यक्तिगत आचारणलाई सुधार गर्नुपर्ने

तुलसीपुर,२३ जेठ । पुर्ण सरसफाई घोषणा गर्नका लागी सर्वप्रथम व्यक्तिगत आचरणलाई सुधार गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । घर आगन सरसफाई गरेर मात्र नहुने भन्दैै उनीहरुले व्यक्तिगत सरसफाईलाई पनि ध्यान दिनुपर्ने बताएका छन् ।दलित गैर सरकारी संस्था समन्वय समिति नेपाल दाङको आयोजना तथा नेपाल सरकार खानेपानी मन्त्रालय तथा ढल निकास विभाग काठमाडौको सहयोगमा आज तुलसीपुरमा आयोजना गरीएको पुर्ण सरसफाई सम्वन्धि सरोकारवालाहरुसंगको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
हरेक व्यक्तिगत सरसफाई देखी घर आँगन सम्म सरसफाईमा ध्यान दिन सके मात्र पुर्ण सरसफाई अभियानले सार्थकता पाउने बताउदै यसमा सवै जिम्मेवार बन्नुपर्ने उनीहरुले बताएका छन् । संस्थाका कार्यवाहक अध्यक्ष चुर्ण बहादुर सुनारको अध्यक्षता एवं तुलसीपुर वडा नं. ५ को वडा अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा जिल्ला खानेपानी तथा डिभिजन कार्यालयका ईन्जिनियर तिलक न्यौपानेले प्रशिक्षण दिदै नेपाल सरकारले सन् २०३० सम्म सवैको लागी र सधैको लागी पुर्ण सरसफाई घोषणा गर्ने लक्ष्य लिएको बताएका छन् । उनले नेपालको सविधान २०७२ ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य बातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरीएको जानकारी गराएका छन् ।
कार्यक्रममा ईन्जिनियर न्यौपानेले पुर्ण सरसफाई घोषणा गर्नका लागी योजना तर्जुमा, शौचालय प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुंच तथा प्रयोग लगाएतका सुचकहरुको बारेमा जानकारी दिएका छन् । सो अवसरमा बाताबरण तथा सरसफाई समितिका संयोजक एवं वडा नंम्वर ६ का वडा अध्यक्ष नवराज लामीछाने, क्लिन तुलसीपुर , ग्रिन तुलसीपुर सरसफाई अभियानकर्ता विमल रिजाल,दलित अधिकार तथा सन्चार अभियानका अध्यक्ष निर्मल नेपाली, रोट्याक्ट क्लव अफ तुलसीपुरका अध्यक्ष सचिन पोख्रेल, राष्टिय समाचार समिति राप्तीका प्रमुख नारायणी रजौरे र बाल संरक्षण समितिका अध्यक्ष प्रभा खड्का लगाएतले बोलेका थिए ।
पुर्ण सरसफाई अभियान कार्यक्रमका संयोजक मोहन सुनारले कार्यक्रमको वारेमा जानकारी दिदै तुलसीपुर क्षेत्रका ९ वटा वडा एक महिने पुर्ण सरसफाई अभियान सन्चालन गर्ने बताएका छन् । संस्थाका निरला अर्याल गैरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम संयोजक राजेन्द्र विश्वकर्माले गरेका थिए । कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, संघसंस्था र पत्रकारहरुको सहभागिता रहेको संस्थाका लेखापाल राजु बुढाले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २०७५ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया