तुलसीपुर, २३ जेठ । जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम असुल्ने १ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले ललितपुर महांकाल गाउँपालिका–१ का ३५ वर्षीय श्याम लामालाई पक्राउ गरेको हो ।अनुसन्धानको क्रममा रहेको जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै प्रतिवादीको बुबासँग २० हजार ठगी गरेको सूचनाका आधारमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ जेष्ठ २३ गते बुधवार