तुलसीपुर,२३ जेठ ।
हावाहुरी सहित परेको चट्याङ लागेर सर्लाहीको कालिन्जोरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने ईश्वरपुर नगरपालिका वडा नं. १२ कालिन्जोरमा चट्याङ लागेर स्थानीय ४० वर्षीया जोखुमाया वाइवाको मृत्यु भएको हो । ३ जना घाईते भएका छन ।
यस्तै,गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् ।
मकवानपुरको बकैया गाउपालिका–९, शिखरपुरको च्याउच्याउमा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीय छलिमाया थिङ र १५ महिने बालक देव थिङको मृत्यु भएको हो । उनीहरु नाताले हजुरआमा र नाति हुन् ।
प्रकाशित मिति : २०७५ जेष्ठ २३ गते बुधवार