तुलसीपुर, २२ जेठ / प्रदेश ५ का आन्तरीक मामीला तथा कानुन मन्त्री कुलबहादुर केसी (सोनाम)ले संचार माध्यमले खबरदारीको भूमिका निर्भाह गर्नु पर्ने बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ ५ नं. प्रदेशको प्रथम साधारणभालाई तुलसीपुरमा सम्बोधन गर्दै मन्त्री केसीले सरकारले गरेका राम्रा वा नराम्रा कामको ठीकबेठीक छुट्याउने काम संचारमाध्यमको भएको बताउनुभयो ।
‘तपाईहरु चौथो अंग हो,’ कानुन मन्त्री केसीले भने,‘ सरकारका नीति तथा कार्यक्रम कस्ता छन ? ठीकबेठीक छुट्याउने र खबरदारी गर्ने जिम्मा तपाईहरुको हो ।’
स्थानीय देखी केन्द्रिय सरकारले गरेका कामको सकारात्मक आलोचना गर्नु पर्ने भन्दै संचार जगतले आफनो र पराईको रंङ दिन नहुने बताए ।
सो अवसरमा प्रदेश सांसद रेवतीरमण शर्माले निरङकुश र तानाशाहका बिरुद्ध निरन्तररुपमा खबरदारी गरेका रेडीयोले अव सुशान र जागरणका कुरामा पनि जोड दिनु पर्ने शर्माले जोड दिए ।
कार्यक्रममा पत्रकार वसन्त विवस आचार्यले पेश गरेको कार्यपत्र माथि पत्रकार सुदिव गौतम र रेडियो मध्यपश्चिमका माधव शर्माले टिप्पणी गरेका थिए ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे, घोराही उपमहानगरपालिका मेयर नरुलाल चौंधरी, सामुदायिक रेडियो प्रसार संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, महासचिव गोविन्द देवकोटा, निवर्तमान अध्यक्ष मोहन चापागाई, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेल, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसीङ डाँगी, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौंधरी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, मानवअधिकारकर्मी शोभाकर बुढाथोकी, सामुदायिक रेडियो प्रसारकसंघका संस्थापक ददीराम सुवेदी, क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर सरसफाई अभियान कर्ता बिमल रिजाल, सामुदायिक रेडियो प्रसारक संघका प्रदेश ५ का उपाध्यक्ष राजु खनाल लगाएतले सम्बोधन गरेका थिए । प्रसारक संघका अध्यक्ष केपी घिमिरेको अध्यक्षतमा भएको कार्यक्रमको संचालन सचिव संगित बस्यालले गरेका थिए । सोअवसरमा पाल्पाको रेडियो मदन पोखरा, वुटलको रेडियो लुम्बिनी, दाङको रेडियो स्वर्गदारी, लमही नगरविकास समितिलाई सम्मान गरिएको थियो ।
यसैविच औपाचारीक कार्यक्रम सुरु हुनु अघि रेडियोमा नसुनिएका स्वरहरु र रेडियोले सम्बोधन गर्नु पर्ने विषयमा बहसमूलक कार्यक्रम संचालन गरिएको थियो । बहसमा गन्र्धव समुदायको तर्फबाट गणेस गन्र्धव, बादी समुदायको तर्फबाट मिना बादी र कृर्षकको तर्फबाट रेखबहादुर खत्रीले समुदायका लागि संचालीत रेडियोले आफुहरुका कुरा भन्दा पनि नेताको कुरालाई बढी स्थान दिएको गुनासो गरेका थिए ।