तुलसीपुर, २१ जेठ
‘यस्ता दिन पनि आउँदा रहेछन् ’ तुलसीपुर उपमहानगरपालिका – ८ अश्वारा निवासी ९० बर्षका निमबहादुर बस्नेतले भने, ‘ हाम्रा तीनी दिन हेरेर, छोरा–नाती धेरै भाग्यमानी !’ तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा पहिलोपटक स्थापना गरिएको भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा दमको उपचार गराउन आएका बस्नेतले जीवनको उत्तराद्र्धमा घर अगाडि स्वास्थ्य सेवा पाउँदा धेरै खुशी लागेको बताए । तुलसीपुर उपमहानगरपालिकाले एक करोड लगानीमा भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना गरेपछि उनि जस्तै वडाका करिब १५ हजर जनसंख्याले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिनेछन् । ‘मलाई सुत्केरी हुँदा खट्टेमा बोकेर धौधौका तुलसीपुर हेल्थपोष्ठमा लगेका हुन,’ ५२ बर्षीया लालमति भण्डारीले विगत सम्झीदै भनिन, ‘ त्यहाँ पु¥याउँदा सम्म बाटोमै प्राण जान्छकी जस्तो लागेको थियो । अब धरै राम्रा जमाना आए । सुत्केरी गराउन डाक्टर पनि घरमै आउने, पैसा पनि पाईने ।’
सोमबारदेखि सेवा प्रारम्भ भएको स्वास्थ्य केन्द्रमा पहिलो दिनमै करिब एक सय बढिले उपचार सेवा लिएका थिए । जसमध्य अधिकांसा महिला र बालबालिका छन । सेवा सुरु गर्नु अघि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले ९० बर्षका जेष्ठ नागरिक निमबहादुर बस्नेतलाई दमको औषधी हस्तान्तरण गरेर केन्द्रको उद्घाटन र सेवाको प्रराम्भ गरेका थिए । ‘केहि बर्ष पहिले यहि वडामा झाडापखालाका कारण समयमै उपचार नपाउँदा एकै घरका ३ जनाको मृत्युभएको थियो, ’ मेयर पाण्डेले भने, ‘ सामान्य औषधी उपचार अभावमा कसैको पनि मृत्यु नहोस भन्ने उद्देश्यले स्वास्थ्य केन्द्रको स्थापना गर्ने निर्णयमा पुगेका हौं ।’ मेयर पाण्डेले सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सबै वडामा स्वास्थ्य केन्द्रको स्थापना गर्ने बताए । स्वास्थ्य केन्द्रबाट मुटुरोग, स्वास्प्रस्वास सम्बन्धि रोग, मधुमेह तथा क्यान्सरको जाँच, निदान, उपचार तथा प्रेषण, मानसिक स्वसास्थ्य – परामर्श तथा उपचार, स्वास्थ्य जीवनशैली, सम्बन्धि शिक्षा एवं परामर्श, मातृ शिशु तथा बाल स्वास्थ्य सेवा, सरुवा रोगहरु, आर्युवेद तथा परम्परागत औषधोउपचार, महामारी नियन्त्रण तथा विपद व्यवस्थापन, खाद्यन्न, जनश्वास्थ्य निरीक्षण तथा सुपरिवक्षण, जस्ता सेवाहरु प्रभाह गरिने मेडिकल अधिकृत डा. गोकर्ण दहालले बताए । ११ जनाको दरवन्दी रहेको केन्द्रमा मेडिकल अधिकृत १ , जनश्वास्थ्य अधिकृत १ , हेल्थ असिस्टेन्स २, स्टापनर्स ३, ल्याव टेक्नीसीयन १ , प्रशासन सुब्बा १ र कार्यालय सहयोगी २ जना छन् ।
तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा, राप्तीअंचल अस्पताल पछिको यो दोस्रो ठूलो अस्पतला हो । शहरी स्वास्थय प्रवद्र्धन केन्द्रका अध्यक्ष माया आचार्यको अध्यक्षताा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दाङका अध्यक्ष नारायण आचार्य, ८ नम्बर वडाअध्यक्ष वेदबहादुर केसी, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य उपसंयोजक वसन्त आचार्य स्वास्थ्यकर्मी बिमल केसीले जनताको अपेक्षा अनुसार सेवा प्रभाह गर्न सकेमा मात्र यसको सार्थकता रहनेमा जोड दिएका थिए ।