तुलसीपुर,२० जेठ ।
तुलसीपुर उप महानगरपालीका वडा नम्बर १३ का दलित समुदायले वडा कार्यालयको ध्यानाकर्षण गराएका छन । अन्य लक्षित तर्फ छुट्याईएको बजेट बाट सञ्चालीत कार्यक्रम प्रति उनिहरुले ध्यानाकर्षण गराएका हुन । अन्य लक्षित तर्फ दलित समुदायको लागि छुट्याईएको बजेट बाट कार्यक्रम सञ्चालन गर्दा आफुहरु संग कुनै सल्लाह नगरेको भन्दै उनिहरुले विज्ञप्ती जारी गरेका छन ।
साविकको दलित सञ्जालका पदाधिकारीले आफुहरुलाई कुनै जानकारी नदिई कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी संस्थालाई दिएको उनिहरुको आरोप छ । दलित,अपाङ्ग र जनजातिको बजेट बाट जेठ १६ गते एकै ठाउमा कार्यक्रम गरेको भन्दै कार्यक्रम समेत बहिस्कार गरेका थिए ।
राप्ती बहिरा संघलाई उक्त कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी दिएको सञ्जालका अध्यक्ष देव बहादुर विकले बताएका छन । यसैविच आगामि दिनमा अन्य लक्षित तर्फ दलितका कार्यक्रम बारे दलित समुदाय संग छलफल गर्न पनि जनप्रतिनिधिहरुलाई आग्रह गर्दछौ, विज्ञप्तीमा भनिएको छ । यसबारेमा बुझ्न खोज्दा वडा अध्यक्ष डम्बर बहादुर न्यौपानेको फोनमा सम्पर्क हुन सकेन ।