तुलसीपुर,२० जेठ ।
आर्थिक बर्ष २०७५/०७६ को बजेट माथि संसदमा भइरहेको छलफल आज सकिदैछ । व्यवस्थापिका संसद बैठकमा सांसदहरुले बजेटमाथिको भनाई राख्ने क्रम आज सकिएपछि सरकारको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जवाफ दिनुहुनेछ । बिहान ११ बजे बस्ने बैठकमा बोल्न नाम टिपाएका सांसदहरुले बजेटमाथि आफ्नो धारणा राख्नेछन् । संसद सचिवालयले बजेटमाथिको छलफल टुङग्याउने तयारी गरेको छ ।
संसद बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिले सो विषयमा छलफल गरि टुङग्याउने तयारी गरेको छ । बजेटमा भाग लिदै सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि छुट्याएको बजेटका विषयमा आलोचना गरेका छन् । संघियता अनुसार बजेट नआएको पनि उनीहरुको टिप्पणी छ ।
प्रकाशित मिति : २०७५ जेष्ठ २० गते आइतवार