डोटी , २० जेठ ।
विषालु सर्पको टोकाईबाट डोटीमा एक बालकको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला केलभाडी बस्ने लोक विकका छोरा आयुष विकको सर्पले टोकेर शनिबार राति ज्यान गएको हो ।
घरैमा खेलिरहेको बेला उनलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिए पनि अस्पतालमा एन्टिस्नेक भेनम नपाउँदा उनको ज्यान गएको स्थानीयबासिन्दाले बताएका छन् ।
प्रकाशित मिति : २०७५ जेष्ठ २० गते आइतवार