तुलसीपुर,२० जेठ ।
राप्ती गाउँपालिकाको वडा न। २ वाउनीपाटा र बगासोतिका महिलाहरुलाई लक्षित गरि महिलाहरुको रोग सम्वन्धि निशुल्क स्वास्थ्य शिविर वाउनीपाटामा शनिवार सम्पन्न गरिएको वडा न। २ का वडा अध्यक्ष जगत थापाले जानकारी दिनुभएको छ । राप्ती गाउँपालिका वडा न। २ को आयोजनामा विशिषज्ञ डाक्टर सहितको टोलीले महिलाहरुको चेकजाच गरि ५५ महिलाहरुलाई औषधि तथा परामर्श उपलब्ध गराएको छ ।
महिलाहरुको तल्लो पेट दुख्ने, पीसाव पोल्ने, पाठेघर खस्ने, महिनावारी अनियमीत हुने, सेतो पानी गनाउने पानी बग्ने लगायतको महिला संग सम्वन्धित रोगहरुको निशुल्क उपचार र पाटेघरको क्यान्सरको शंका भएका लाई निशुल्क पप स्मर टेस्ट समेत गरिएको छ ।
गाईनोलोजिष्ट विशिषज्ञ डाक्टर राजेन्द्र बस्याल बाट चेकजाच गरिएको स्वास्थ्य शिविरमा वाउनीपाटा र बगासोतिका महिलाहरुलाई महिलाहरु स्वस्थ्य रहन अपनाउनु पर्ने आवस्यक उपाए तथा तरिका बारे एवं महिलाहरुको तल्लो पेट दुख्ने, पीसाव पोल्ने, पाठेघर खस्ने, महिनावारी अनियमीत हुने, सेतो पानी गनाउने पानी बग्ने लगायतको महिला संग सम्वन्धित रोगहरु बाट बच्न अपनाउन पर्ने सावधानीका वारेमा राप्ती गाउँपालिका स्वास्थ्य शाखाका संयोजक नारायण राउत, स्वास्थ्य शिक्षा, सचेतना,सामुदायीक स्वास्थ्य संस्था सिसहनियाका प्रकाश विष्ट तथा लालमटिया स्वास्थ्य चौकीका ईन्चार्ज झवीलाल कडेलले जानकारी गराउनु भएको थियो ।
निशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश नं ५ का सांसद ईन्द्रजित थारुले नागरीकले पाउनुपर्ने स्वास्थ्य सेवा अव घर टोलमा पुराउन स्थानिय सरकार प्रदेश सरकार र केन्द्र सरकार लागी परेको बताउदै नागरिकको स्वास्थ्य अधिकारको रक्षा गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।
वडा न. २ का अध्यक्ष जगत थापाको अध्यक्षता प्रदेश नं ५ का सांसद ईन्द्रजित थारुको प्रमुख आथित्यता तथा गाईनोलोजिष्ट विशिषज्ञ डाक्टर राजेन्द्र बस्यालको विशिष्ठ आथित्यतामा सम्पन्न महिलाहरुको रोग सम्वन्धि निशुल्क स्वास्थ्य शिविर वाउनीपाटा तथा बगासोतिका नागरिकहरुले राप्ती गाउँपालिकाले स्वास्थ्य शिविरको आयोजना गरेकामा खुसी ब्यक्त्त गरेका छन् ।
प्रकाशित मिति : २०७५ जेष्ठ २० गते आइतवार