सचेतना केन्द्रका महिलालाई उद्घोषण तालिम

तुलसीपुर,१९ जेठ ।

तुलसीपुर उपमहानगरपालीका वडा ११ मा रहेको शिद्धेश्वरी नागरीक सचेतना केन्द्रका महिलाको लागि उद्घोषण तालिम सुरु भएको छ । वडा अध्यक्ष चित्र बहादुर वलीको अध्यक्षतामा उक्त तालीमको उद्घाटन गरिएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले हरेक तहमा महिलाको सहभागिता भए मात्र समाज समृद्ध बन्न सक्ने बताएका थिए ।

त्यसका लागि महिला पनि अग्रसर हुनुपर्नेमा उनिहरुले जोड दिएका थिए । आईतवार सम्म चल्ने तालीमको प्रशिक्षक महिला अधिकारकर्मि शुष्मा गिरी र शुवास डाँगी रहेका छन । तालीम उद्घाटन अवसरमा वडा सदस्यहरु शुवास डाँगी,घनश्याम गौतम,खिमा विक,अर्विन चौधरी ,वडा कार्यालयकि कर्मचारी लक्ष्मी चौधरी लगायतले बोलेका थिए ।

वडा सदस्य निर्मा चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचेतना केन्द्रकी सदस्य रेश्मी चौधरीले गरेकि थिईन । वडा कार्यालयको आयोजनामा तालीमको आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०७५ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया