तुलसीपुर,१९ जेठ ।
आज जेठ १९ अर्थात् तत्कालिन राजा विरेन्द्रको बंशकै हत्या गरिएको दिन । आजभन्दा ठीक १७ वर्षअघि यसै दिन नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । जहाँ राजा वीरेन्द्र सहित सबै परिवारको हत्या भएको थियो । समाधान हुन नसकेको आश्चर्यकै रुपमा रहँदै आएको यस घटनामा २०५८ जेठ १९ शुक्रबार राती १० जना राजपरिवारको सदस्यको हत्या भएको थियो ।
राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै हत्या गरिएको थियो ।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ ।
यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन अझै भएको छैन । पटक पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर सत्य तथ्य बाहिर ल्याउने आश्वासन त पटक पटक दिएका छन् तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन ।