कांग्रेस प्रवक्ता शर्मा भन्छन-‘चुनावि नारा बायूपँखी घोडाको जस्तो तर बजेट बयलगाडा जस्तो’

तुलसीपुर,१९ जेठ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले संसदमा आफ्नो पार्टिले राम्रा कुराको समर्थन र कमजोरी औल्याएर सहयोग गर्ने बताएका छन । प्रेस युनियन दाङले आज विहान तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । सहज राजनितिक परिस्थिति भएकोले अहिलेको सरकारले देशलाई समृद्धको दिशमा अघि बढाउनुपर्ने बताएका छन ।

प्रतिपक्ष दलको भुमिका विरोध गर्ने मात्र नभएको उनको भनाई थियो । उनले सरकारले प्रस्तुत गरेको बजेटले चुनावि नाराको रङ केहि खस्किएको बताएका छन । चुनावि नारा बायूपंखि घोडाको जस्तो थियो तर बजेट हेर्दा उहि बयलगाडा जस्तो आयो प्रबत्ता शर्माले भने ।

नेपाली कांग्रेस पािर्ट शासन सञ्चालन गर्दै गर्दा कमजोरी लाई पनि स्वीकार गर्ने पार्टि रहेको उनले बताएका थिए । उनले नाकाबन्दीका बेला ठुलो स्वरमा नाकाबन्दी भन्न नसकेर कांग्रेसले गल्ती गरेको उनले बताएका थिए । शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजिकरण पत्रकार बालाराम खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७५ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया