वडा अध्यक्षले कुटे प्रधानाध्यापकलाई

तुलसीपुर, १८ जेठ
शान्तिनगर गाउँपालिका –२ का वडा अध्यक्ष फर्साराम डाँगीले प्रधानाध्यापकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ । वडा अध्यक्ष डाँगीले १६, जेठमा अम्विकेश्वरी आधारभूत विद्यालय अमुवाका प्रधानाध्यापक गफार मियाँलाई वडा कार्यालयमै कुटपिट गरेको पिडितले बताएका छन् । ‘वडा अध्यक्ष आधाँ मिल्के जस्तै मिल्कीने रहेछन्,’ प्रधानाध्यापक मियाँले भने, ‘भर्खर कुरो राखेको थिए, झयाम्मै नाकमा हाने । म कुर्सीमा बसेकाले उत्तानो परेर भूईमा ढले । त्यसैमा एक लात्ती पनि थपे ।’
आफनै विद्यालयका शिक्षक विष्णु खड्काको सरुवाको विषयलाई लिएर वडा कार्यालयमा बुझन गएको समयमा वडा अध्यक्ष डाँगीले कुटपिट गर्न थालेपछि भागेर ज्यान बचाएको उनले बताए । सरुवा भएको होकी होइन भनेर बुझने क्रमममा नै आफुमार्थि आक्रमण भएको बताएका छन् ।
वडा अध्यक्ष डाँगी स्वंम अम्विकेश्वरी आधारभूत विद्यालय अमुवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन । पिडित मियाका अनुसार निर्वाचित भएर आएपछि डाँगीले अहिले सम्म १३ जनालाई कुटपिट गरेको मीयाले दाबी गरेका छन् । ‘ आफनै कार्यकर्तालाई समेत छोडेका छैनन्,’ मियाले भने, ‘ मलाई श्याम सरका दाईले छुटाएर बचाएका हुन् । ’
यसैविच शिक्षकहरुको छातासंगठन नेपाल शिक्षक महासंघ शान्तिनगरले जेठ १६ गते प्रधानाध्यापक मीया माथि भएको घटना प्रति खेद प्रकट गरेको छ । शुक्रबार बसेको महासंघको बैठकले शिक्षक माथि कुटपिट हुनु दुःखद भएको भन्दै आगामी दिनमा यस्तो कार्य नदोह¥याउन आग्रह समेत गरेको छ ।
यसैविच बैठकले घटनाको सत्यतथ्य बुझन सात सदसीय एक कार्यदल समेत गठन गरेको छ ।
कार्यदलको संयोजकमा ओपेन्द्र केसी, सदस्यहरुमा ठक प्रसाद पुन, गोविन्द बहादुर घर्ती, टेकबहादुर वली, लालबहादुर वली, कुलबहादुर डाँगी र देवबहादुर केसी रहेका छन् । बैठकमा शान्तिनगर गाउँपालिमा रहेका २४ वटा विद्यालयका २४ प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
यता वडा अध्यक्ष डाँगीले वडा कार्यालयमा आएर तथा नाम गालीगलोज गर्न थालेपछि धक्याएको प्रतिकृया दिएका छन् ।
‘म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि हुँ,’ अध्यक्ष डाँगीले भने, ‘साढे चार बजे मेरो कार्यालयमा आएर तथानाम गाली गर्न थाल्यो,’ मैले धक्याईदिएँ ।’ अध्यक्ष डाँगी कुनै जानकारी विना बाहिर जाने, अनवश्यक रुपमा विकास निर्माणको काममा चासो राख्ने, योजना फाँटमा गएर भुक्तानी गराउन खोज्ने गरेको आरोप समेत मीयालाई लगाएका छन् ।

 

प्रकाशित मिति : २०७५ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया