दाङ , १८ जेठ ।
आर्थिक वर्ष ०७०÷०७१ देखि चालु आर्थिक वर्ष ०७४÷०७५ सम्मको पाँच वर्षको अवधिमा ४६ हजार ७ सय सवारी साधन दुर्घटनामा परेका छन् ।जसमा आधा भन्दा धेरै मोटरसाइकल रहेको प्रहरीको तथ्यांक छ । यो अवधिमा दुर्घटनामा पर्ने कार, जीप, भ्यानको संख्या झण्डै २१ हजार छ । आर्थिक वर्ष २०७१र०७२ देखि ०७३र०७४ सम्मको तीन वर्षे अवधिमा ५ हजार ९ सय यात्रुबस तथा ५ हजार ८ सय ट्रक र ट्याङ्कर दुर्घटनामा परेका छन् । ठूलाभन्दा साना सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेको तथ्यांकले देखाएको छ ।
तर ठूला सवारीसाधन दुर्घटना हुँदा धेरै मानवीय क्षती हुने गरेको छ ।विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले नेपालमा मानिसको मृत्युको चौथो कारणको रुपमा सडक दुर्घटना भएको देखाएको छ । बर्षेनी नेपालमा हुने मृत्युमध्ये ७ प्रतिशत मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्यांक छ । नेपालमा दुर्घटनाबाट दैनिक औसतमा ६ जनाले ज्यान गुमाउने गरेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष ०७०÷०७१ देखि चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४६ हजार ७ सय सवारीसाधन दुर्घटना हुँदा १० हजार २ सय ७८ जनाले ज्यान गुमाएका छन् । जसबाट १९ हजार ४ सय ६० जना गम्भीर घाइते भए भने ३९ हजार २ सय जना सामान्य घाइते हुन पुगेका छन् । सवारी दुर्घटनामा आर्थिक वर्ष ०७०र०७१ मा १७ सय ८७ जनाको ज्यान गएको छ भने चालु आर्थिक वर्षको वैशाखसम्ममा २ हजार ९७ जनाले ज्यान गुमाइसकेका छन् ।