चितवन, १७ जेठ ।
मालपोत कार्यालय चितवनका नायव सुब्बा मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
लालपुर्जा र फिल्डको क्षेत्रफल मिलान गरिदिने भन्दै सेवाग्राहिसँग घुस मागिरहेको सूचनाको आधारमा निरौला र धिताललाई अख्तियारको कार्यायल हेटौंडाबाट खटिएको टोलीले मालपोत कार्यालयबाटै २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : २०७५ जेष्ठ १७ गते बिहिवार