तुलसीपुर,१७ जेठ ।
विश्वभरका कम्युनिष्ट पार्टीहरुको सम्मेलनले आज काठमाण्डु घोषणापत्र जारी गर्ने भएको छ । हिजोदेखि सुरु भएको सम्मेलन काठमाण्डु घोषणापत्र जारी गर्दै आज सकिनेछ । कार्ल माक्र्सको जन्मजयन्तीको अवसर पारेर कम्युनिस्ट नेताहरु भेला भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले आयोजना गरेको सम्मेलनमा १२ देशका कम्युनिस्ट पार्टीको सहभागिता छ । कार्ल माक्र्स जन्मिएको २ सय वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको १७० वर्ष पुगेको उपलक्ष्यमा सम्मेलन आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनुभयो ।
सम्मेलनमा चीन, भियतनाम, उत्तर कोरिया र लाओसका सत्तारुढ कम्युनिस्ट पार्टीका नेताहरुले कार्यपत्र पेश गरिरहेको नेता नेपालले सीआईएनलाई बताउनुभयो । त्यस्तै अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, रसिया, भारत, जापान लगायतका देशका कम्युनिस्ट पार्टीका नेता सम्मेलनमा सहभागी छन् ।