सांसद केसी झाडापखाला प्रभावित क्षेत्रमा

तुलसीपुर, १६ जेठ / निर्वाचन क्षेत्र नं ३ का संघीय सांसद हिरा चन्द्र केसीले झाडापखाला प्रभावित क्षेत्रमा पुगेर बिरामीलाई भेट्नुका साथै पानी मुहानको निरक्षण समेत गरेका छन् । निरक्षणका क्रममा पानी मिसाईको अस्थाई मुहानको अवस्था अत्यन्त चिन्ताजनक रहेको पाइएको थियो । अस्थाई मुहानमा विभिन्न पातपतिङ्गर कुईएको, स्याँली लागेको र तयसको संरक्षणका लागी काडाँको घेरबार गरिएको पाइएको थियो ।
सांसद केसीले चिरेघाट स्वास्थ्य चौकीमा उपचार गराई रहेका गाउँपालिका ३ र ४ का बिरामीलाई भेटेर स्वास्थ्य अवस्था र समस्याका बारेमा जानकारी लिएका थिए । सामान्य कुरामा ज्ञान नराख्दा ठूलो संख्यामा स्थानीय नागरिकहरु प्रभावित भएको भन्दै अब स्वच्छ पानीको विकल्प नभएको सांसद केसीले बताए ।
‘अब पानीको कुरा मात्रै गर्ने हैन,’ सांसद केसीले भने, ‘ अगाडि स्वच्छ जोडेर स्वच्छ खानेपानी भन्नु पर्छ ।’ सांसद केसीले खानेपानीको मुहानमा पानी सुद्धिकरण उपकरण जडान गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महामारीका रुपमा फेलिएका झाडापखलाका विषयमा शान्ति नगर गाउँपालिकाका अध्यक्ष कमानसिङ डाँगी र वडा नं ४ का वडा अध्यक्ष धनबहादुर केसीले सांसद केसीलाई महामारीको प्रकोपका बारेमा जानकारी गराएका थिए ।

झाडापखला फैलिएको माईली पानी खानेपानी उपभोक्ता समितिको अस्थाई मुहान 

 

सो अवसरमा सांसद केसीले पचास कार्टुन मिरल वाटर पानी गाउँपालिका अध्यक्ष डाँगीलाई हस्तान्तरण समेत गरेका थिए ।  सो अवसरमा तुलसीपुर उद्योगबाणिज्य संघका सल्लाहकार नारायण खनाल, साना मालबाहक यातायात व्यवसायी समितिका अध्यक्ष भुवन भुसाल, नेपाल राष्ट्रिय बाणिज्य संघका अध्यक्ष टोपबहादुर घर्ती लगाएतको सहभागिता रहेको छ ।  कार्यक्रमको सहजीकरण वडा नं ४ का वडाअध्यक्ष धनबहादुर केसीले गर्नुभएको थियो । झडापखलाबाट अहिले सम्म १६ सय ५२ जना प्रभावित भएका छन् ।

 

प्रकाशित मिति : २०७५ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया