तुलसीपुर, १६ जेठ /दाङको तुलसीपुर उपमहानगरापलिका – ९ स्थित दोघरे सिरक डसना उद्योगमा आगलागि हुँदा करिब ३५ लाख मुल्यको धनमाल जलेर नष्ट भएको छ । विद्युत सर्टका कारण बेलुकी सवा ६ बजे उद्योगमा आगलागि भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए । आगलागिबाट सिरक, डसना बनाउन प्रयोग गरिने कच्चा पदार्थ, कपास, मेसीन, तयारी अवस्थामा राखिएका सिरक, डसना, तकिया, केहि नगद, महत्वपूर्ण कागजात, भाँडाकुडा, सामग्री जलेर नष्ट भएको पिडित परिवारले बताएको छ । ‘घर धनीले करिब ३५/४० लाखको क्षेति भएको भनेका छन् ,’ प्रनाउ सापकोटाले भने,‘ विस्तृत विबरण आइसकेको छैन ।’
आगोलाई करिब दुई घन्टा पछि स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तुलसीपुर उपमहानगरपालिको दमकल, पानी टयाङकरको सहयोगमा नियन्त्रणमा लिइएको थियो । विगत ३ बर्ष देखि धादिङका राजु तामाङले उद्योग संचालन गर्दै आइरहेका छन् । उद्योगमा आगलागि भएपछि उद्योग संचाल राजु तामाङ बेहोस भएको प्रहरीले बताएको छ ।