दोघरे सिरक डसना उद्योगमा आगलागि हुँदा लाखौ क्षेति

तुलसीपुर, १६ जेठ
दाङको तुलसीपुर स्थित दोघरे सिरक डसना उद्योगमा आगलागि हुँदा लाखौ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । विद्युत सर्ट भई लागेको आगोका कारण सिरक, डसना बनाउन प्रयोग गरिने कच्चा पदार्थ, कपास, मेसीन, उपकरण, तयारी अवस्थामा राखिएका सिरक, डसना, तकिया लगाएतका लाखौ मुल्य पर्ने सामग्री जलेर नष्ट भएको पिडित परिवारले बताएको छ । आगो नियन्त्रणमा लागि पहल भइरहेको छ । उद्योगमा आगलागिको घटना भए लगत्तै स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तुलसीपुर उपमहानगरपालिको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । प्रारम्भिक जानकारी अनुसार करिब ३० लाखको क्षेति भएको र अझै विस्तृत विवरण आउँन बाँकि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।विगत ३ बर्ष देखि राजु तामाङले उद्योग संचालन गर्दै आइरहेका छन् ।

 

प्रकाशित मिति : २०७५ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया