सल्यानमा १२ कैदि रिहा

मिना बुढाथोकी, सल्यान १६ जेठ ।

गणतन्त्र दिवसको अवसरमा सल्यानमा १२ जना कैदिबन्दी लाई जिल्लाा कारागार बाट थुनामुक्त गएिको छ । आप्mनो सजायको ४० प्रतिशत कैद भुक्तान गरि सकेका र असल आचरण भएका १२ जनालाई कैद मुक्त गरिएको जेलर विक्रम केसीले जानकारी दिए । कैद मुक्त भएका मध्ये ११ जना पुरुष र एक महिला रहेका छन् । कैद मुक्त हुने सबै सल्यान जिल्लाका रहेको जेलर केसीले बताए ।

जिल्ला कारागाराट मंगलवार थुनामुक्त हुनेमा सबै भन्दा बढी १० जना कर्तव्य ज्यानको सजाय भोगी रहेका थिए । कर्तव्य ज्यान अन्तरगत ४० प्रतिशत सजाय भोगेर असल आचरण भएकाले बांकी भोग्नु पर्ने कैद मिनाहा हुने हरुमा मेघ बहादुर बोहरा,मोहलाल बोहरा,विष्णु रावल,थमन सिं कवर, धन बहादुर बुढा, हेमलाल डांगी, नन्दलाल बादी, भुपेन्द्र पुन, महेन्द्र थापा र भिम महतारा रहेका छन् ।

यस्तै दुई जना बहुविवाहको सजाय भोग्दै आएका देवीलाल वली र हेमा वलीपनि थुनामुक्त भएको जेलर केसीले बताए ।कैद मुक्त भएकाहरुले आप्mनो ठेगाना खुलाउन नचाहेकाले ठेगाना नखुलाईएको कारागार स्रोतको भनाई छ ।

थुनामुक्त हुनेमा २२ देखी ६३ वर्ष समुहका रहेका छन् । थुनामुक्त भएकाहरुलाई परिवारका आफन्तको जिम्मा लगाईएको छ । कारागारबाट घर फर्किदै कैदीहरुले आफुले विगतमा गल्ती गरेको महसुस गरेको बताउदै आगामी दिनमा भने परिवार संगै बसेर केही राम्रो काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया