काठमाण्डौं, २२ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा ना ७ ख २५२५ नम्बरको बसले गएराति सात वर्षीय विशाल श्रेष्ठ र हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।
गैँडाकोट–११ का बालक विशालको घटनास्थलमा नै र हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालकलाई प्रहरीले पक्राउ गरीसकेको छ ।।
प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार