तुलसीपुर, १५ जेठ ।
आर्थिक अवस्था कमजोर भएका एक बालकको स्वास्थ्य उपचारका लागी गैरे सेवा समाज जापान र गैरे सेवा समाज दाङले आर्थिक सहयोग गरेको छ । त्रिवेणी गाउपालिका वडा नं. ३ सल्यानका विपन्न परिवारका मुना बोहोराका ३ वर्षिय छोरा सुसील बोहोराको आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको कुरा सन्चारमाध्यममा आएपछि गैरे सेवा समाज जापानबाट प्राप्त सहयोग रकम ५८ हजार ५ सय र सेवा समाज दाङले संकलन गरेको २ हजार ५ सय ५ रुपैया गरी जम्मा ६१ हजार ५ रुपैया आर्थिक सहयोग गरीएको सेवा समाज दाङका सचिव ईश्वरी प्रसाद गैरेले जानकारी दिएका छन् ।
उक्त रकम आज एक कार्यक्रमको आयोजना गरी पिडित परिवारलाई हस्तान्तरण गरीएको छ । गैरे सेवा समाज दाङका सल्लाहकार तुलसीराम गैरेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर हस्पिटलका बालविशेषज्ञ डा.किसोर खत्रीले बालक सुसीलको टाउकोमा पानी जमेर दिमागको भल्बहरु बन्द भएको हुदा समयमा उपचार गरेमा निको हुने बताएका छन् । उनले टाउकोमा पानी जमेको हुदा अप्रेशन गरी पाईप मार्फत पानी निकाल्न सकिने बताएका छन् ।
उनले बालकको उपचार खर्च झन्डै साठी हजार रुपैया लाग्ने अनुमान गदै उपचारका लागी काठमाडौमा आफुले सम्पर्क र समन्वय गरेर सहयोग गरेको बताएका छन् । रकम बुझदै बालकका आफन्ती बुद्धिराम वस्नेतले सहयोग सेवा समाजलाई धन्यवाद दिएका छन् । सो अवसरमा समाजका बालकृष्ण गैरे, यामकान्त गैरे लगाएतले बोलेका थिए । सेवा समाज जापानले उपलब्ध गराएको रकमलाई समाज दाङले यस अघि पनि विभिन्न असहाय, विपन्न, बाढि पिडित र भुकम्प पिडितहरुलाई विभिन्न समयमा सहयोग वितरण गदै आएको छ ।