तुलसीपुर, १५ जेठ
दाङको तुलसीपुरमा पञ्जेबाजा र नाँचगान सहित करेन्ट चाउ–चाउको प्रचार गरिएको छ । एशोदा फुड्स प्रालि मधौलीया रुपन्देहीले उत्पादन गरेको करेन्ट चाउचाउको प्रचारप्रसार र पर्वद्धनका लागि पञ्चेबाजा र नाँचगान सहित ¥याली निकालिएको पश्चिम दाङको एक मात्र आधिकारीक विक्रेता न्यु सिदार्थ किराना पसलका प्रो प्राईटर विष्णु भुसालले जानकारी दिनुभयो ।
तुलसीपुरको सुर्खेत रोडबाट सुरु भएको ¥यालीले वीरेन्द्र चोक, विपि चोक, बाहिनी चोक, गुम्राह चोक, हात्तीखौवा लगाएत बजारको विभिन्न भागको परिक्रमा गरेको थियो । ¥यालीमा सयौं व्यवसायी सहभागिता रहेको थियो । लाली चाउ–चाउ पछि प्रालिले करेन्ट चाउचाउ बजारमा ल्याएको हो ।
दुइ अर्ब लागनीमा संचालित प्रालिले दैनिक २५ हजार कार्टुन तयारी चाउ–चाउँ उत्पादन गर्ने गरेको लुम्बीनी राप्ती एरीया सेल्स म्यानेजर माधव आचार्यले जानकारी दिनुभयो । कम्पनीले करेन्ट चाउचाउलाई ब्राण्ड चाउचाउका रुपमा लिएको छ । प्रालिले प्रचार अभियानलाई दाङको हापुरे, पुरन्धारा हुदै कैलालीको धनगडि सम्म पु¥याउने लक्ष्य लिइएको छ । चाउचाउको प्रति पोका बजार मुल्य १८ रुपैयाँ कायम गरिएको छ ।