गणतन्त्र दिवसमा देशभरका आठ सय वढि कैदीको कैद मिनाहा, दाङबाट २२ जनाले आममाफी पाए

लक्ष्मण विश्वकर्मा , तुलसीपुर १५ जेठ ।
सरकारले गणतन्त्र दिवसका अवसरमा देश भरका आठ सय १६ जना कैदीबन्दीको कैद मिनाहा गरेकोे छ । सोमबार राती बसेको मन्त्रीपरिषद बैठकले आममाफी पाउनेहरुको नाम अनुमोदन गरि राष्ट्रपतिसमक्ष अनुमोदनका लागि सिफारिस गरेको थियो ।
११ औँ गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेका र कानुन अनुसार सजाय भोगिरहेका कैदीबन्दीहरु मध्ये ४० प्रतिशत भन्दा वढि कैद सजाय भुक्तान गरिसकेका कैदीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गदै आममाफी दिएकी हुन् ।
सरकारले कैद मिनाहा गर्ने निर्णय गरे संगै दाङबाट २२ जनाले आम माफी पाएका छन् । दाङमा दुई वटा कारागार रहेकोमा कारागार कार्यालय तुलसीपुरबाट १५ जना र कारागार घोराहीबाट ७ जना कैदीलाई थुनामुक्त गरीएको सम्वन्धित कारागारले जनाएको छ । कैद मिनाहाका लागी कारागार तुलसीपुरबाट २३ जनाको नाम सिरफारिस गरीएको थियो ।
कारागार कार्यालय तुलसीपुरका सुचना अधिकारी रुद्रमणि खरेलका अनुसार कर्तव्य ज्यान सम्वन्धिका ४ जना, बहुविवाह सम्वन्धि ४ जना, नकबजनी सम्वन्धि २ जना , सवारी ज्यान सम्वन्धी, ३ जना अङगभङग कुटपिट तथा रहजनी चोरी सम्वन्धि १ जना र ज्यान मार्ने उद्योग सम्वन्धि १ जना रहेका छन् ।
यस्तैगरी कारागार कार्यालय घोराहीका प्रमुख कासीराम वलीले दिएको जानकारी अनुसार कर्तव्य ज्यान सम्वन्धि २ जना, ज्यान मार्ने उद्योग सम्वन्धि १ जना, बहुविवाह सम्वन्धि १ जना र सवारी ज्यान सम्वन्धि ३ जना रहेका छन् । हाल तुलसीपुर कारागारमा ३ सय ३१ जना कैदीबन्दी रहेकोमा अव बाँकी ३ सय १६ जना छन् भने घोराहीमा २ सय ४८ मध्य ७ जनालाई आम माफी र एक जनाको मंगलवार कैद भुक्तान भएको हुदा अव बाँकी २ सय ४० जना कैदीबन्दी रहेका छन् । कैद मिनाहा हुनेमा तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पनि रहेका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया