तुलसीपुर , १५ जेठ ।
दाङमा सर्पको टोकाईबाट ९ वर्षिय बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ विजौरी निवासी ९ वर्षीय सुनिल विकको सर्पदंशबाट ज्यान गएको प्रहरीले जनाएको छ । घरमै बसेको अवस्थामा उनलाई आईतवार सर्पले दशेपनि हिजो सोमवार उपचारको क्रममा विकको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकास सापकोटाले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७५ जेष्ठ १५ गते मङ्गलवार