तुलसीपुर , १४ जेठ ।
तुलसीपुरमा हुन लागेको खुल्ला दुवाथलन प्रतियोगिताको तयारी पुरा भएको आयोजकले बताएको छ । ट्राईयथलन संघ दाङको आयोजनामा हुन लागेको दुवाथलन प्रतियोगिताको आज तुलसीपुरमा पत्रकार सम्मेलन गरि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
भोलि बिहान ७ बजे देखि शुरु हुने प्रतियोगितामा सहभागि हुन दाङसहित सल्यान, रुकुम, बाँके, बाट खेलाडीहरु दाङ आईपुगेको आयोजकले बताएको छ । दाङमा यस्तो प्रतियोगिता पहिलो पटक हुन लागेको हो ।दुईवटा खेल मिसिएर बनेकाले दुवाथलन भनिएको ट्राईयथलन संघका केन्द्रीय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए । रनिङ र साईकल रनिङ मिलेर दुवाथलन खेल हुन लागेको उनले बताएका छन् । संघका जिल्ला अध्यक्ष गोविन्द भण्डारीको अध्यक्षता कार्यक्रम भएको हो ।
खेल तुलसीपुर उपमहानगरपालिका अगाडीबाट सुरु भई सितलपुर चोक हुँदै पुनः उपमहानगरपालिकाका गेटमा आउनु पर्ने छ । उक्त खेल सडकमा हुने भएकाले ट्राफिक प्रहरी कार्यालय तुलसीपुरसंग सहकार्य गरेको आयोजकले बताएको छ । सो अवसरमा रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, संघका केन्द्रीय सदस्य रचना सिंह लगायतले बोलेका थिए । संघका जिल्ला उपाध्यक्ष पदमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष केसीले गरेका थिए ।।
तुलसीपुरमा हुन लागेको खुल्ला दुवाथलन प्रतियोगिताको तयारी पुरा
प्रकाशित मिति : २०७५ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया