शान्तीनगरमा झाडापखला अझै पुर्ण रुपमा रोकिएन आज पनि १ सय ५० जना विरामीको उपचार

तुलसीपुर, १४ जेठ ।
दाङका शान्तिनगर गाउँपालिकामा एक्कासी फैलिएको झाडापखला पुर्ण रुपमा अझै पनि नियन्त्रणमा आउन सकेको छैन । झाडापखलाका बिरामीहरु आज पनि उपचारका लागी स्वास्थ्य चौकी चिराघाटमा आउने गरेका छन् । खानेपानी दुषितका कारण वडा नं. ३ र ४ मा गएको शनिवार देखी महामारीकै रुपमा फैलिएको थियो । आईतवार विरामीको संख्या धेरै वढेपनि अवस्था भने सामान्य रहेको स्वास्थ्य चौकी चिराघाटले बताएका थियो ।
यस्तै आज पनि झाडापाखलाका विरामी बढेका छन् । आज विहान देखी ११ वजेसम्मको जानकारी अनुसार एक सय पचास जना विरामी आएका छन् । जसमा केहि विरामीको उपचार भईरहेको छ भने केहि विरामीहरु उपचारपछि घर फर्किसकेको त्यहाबाट पत्रकार निरास पान्डेले जानकारी दिएका छन् ।

उनका अनुसार आज धेरैजसो विरामी वडा नंं. ४ का गीधनीयाका रहेका छन् । झाडापखाला फैलिए पछि प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थय, राप्ती अन्चल अस्पताल, राप्ती उपक्षेत्रिय अस्पताल, नेपाली सेना, तुलसीपुर, नेपालगन्जबाट पनि सेनाहरु त्यहा पुगेर उपचारमा सहयोग गदै आएका छन्् ।आज त्यहा रितुमर्दन गन घोराहीबाट क्याप्टन नारायण प्रसाद विष्टको नेतृत्वमा ४२ जना नेपाली सेना पुगेका छन् । यस्तै विभिन्न स्वास्थ्यकर्मीहरु पनि खटीएको बताइएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया