झाडापखाला अझै नियन्त्रणमा आएन,आज विहान ६५ विरामि थपिए

तुलसीपुर,१४ जेठ ।
दाङका शान्तिनगर गाउँपालिकामा एक्कासी फैलिएको झाडापखला पुर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । झाडापखलाका बिरामीको उपचारमा ठूलो संख्यामा आज विहान फेरी थपिएपछि झाडापखाला नियन्त्रणमा नआएको जनाइएको छ ।

आज विहान फेरी चिराघाट श्वास्थ्य चौकिमा ६५ जना विरामी आएको र १२ जनाको उपचार भैरहेको पत्रकार निराश पाण्डेले जानकारी दिएका छन । वडा नम्बर ४ को गिधनिया चौधरी समुदायका विरामि आज विहान आएकोमा केहि उपचार पछि घर फर्किएका छन ।

हिजो अस्ती भन्दा विरामि कम हुदै गएपनि पुर्ण रुपमा नियन्त्रणमा आउन नसकेको जनाइएको छ । हिजो दिउसो सम्म एक हजार दुई सय २० जना झाडापखलाका बिरामीले उपचार सेवा पाएका छन् । दुषित पानीका कारण शान्तिनगर गाउँपालिकाको वडा नंं. ३ को पातेटाकुरा, गाहा टोल, एकली, अधेरे, गनारी र वडा नंं. ४ को रोइनीघारी र कजेरीका स्थानीय वसाीन्दामा झाडापखलाको प्रकोप फैलिएको थियो ।

झाडापखला गाउँ देखि प्रहरी चौकी सम्म फैलिएको थियो । यसैविच तुलसीपुर उपमहानगरपालीकाले हिजो देखि निशुल्क रुपमा टयांकरबाट शुद्ध पानी विरतण गरिरहेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया