प्रदेश ५ मा जेठ १५ गते सार्वजनिक बिदा

तुलसीपुर,१३ जेठ ।

प्रदेश ५ सरकारले गणतन्त्र दिवसमा जेठ १५ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रीस्तरीय निर्णयबाट प्रदेश ५ मा गणतन्त्र दिवसमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

उनले यो छुट्टी मनाउने बिदा नभई दिवस मनाउने बिदा भएको बताएका छन् । उनका अनुसार प्रदेश ५ का १२ वटै जिल्लामा गणतन्त्र दिवसको अवसरमा दीपावली, स्वास्थ्य शिविर, प्रभातफेरि, मैत्रीपूर्ण भलिबल, वृक्षरोपण, सरसफाइ कार्यक्रम, साहित्यीक कार्यक्रम लगायतका कार्यक्रम हुनेछन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया