कुपोषणबाट बचाउन पोषिलो खाना वितरण

तुलसीपुर, १३ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का कुपोषित वालवालिका र गर्भवति महिलाहरुलाई पोषिलो खाना वितरण गरिएको छ । वडाका २ वर्ष मुनिका कुपोषित वालवालिकाका आमा र ३ महिना सम्मका गर्भवति महिलाहरुलाई चना, अण्डा, केरा, साग, सावुन लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

वडा नम्वर ११ वडा कार्यालयको आयोजना तथा सुआहारा कार्यक्रम र युएसएडको सहकार्यमा आयोजित पोषिलो खाना वितरण कार्यक्रम वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका कार्यालयका स्वास्थ्य शाखा ईन्चार्ज विष्णु पोख्रेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वोल्ने वक्ताहरुले स्वस्थ रहन पोषणयुक्त खाना अनिवार्य हुने वताएका थिए ।

कार्यक्रममा समाजसेवी तिलक वहादुर वस्नेत, वडा सदस्य निर्मा चौधरी, सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर कल्पना चौधरी, आशा चौधरी, अनुषा केसी, महिला स्वास्थ्य स्वयम्सेविका तेज कुमारी चन्द लगायतले आफ्नो धारणा राख्नु भएको थियो । उरहरी स्वास्थ्य चौकीका निमित्त प्रमुख चन्द्रा केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमका सहजिकरण स्वास्थ्य चौकीका ल्याव अशिस्टेन्ट देवराज शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया