तुलसीपुर, ९ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत सन्दिप डाँगीको नि:शुल्क उपचार हुने भएको छ । आर्थीक अभावले उपचारमा समस्या झेलिरहेका तुलसीपुर उपमहानगरपालिका–८ अस्वाराका १७ वर्षीय डाँगीको सम्पुर्ण उपचार नि:शुल्क हुने भएको हो । आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. पदमराज अधिकारीसहित प्रशासन शाखा प्रमुख ठान बहादुर केसी र डाक्टरहरुको टोलीले विरामीको अवस्थाबारे जानकारी लिएको छ । सो अवसरमा मेडिकल सुपरिटेण्डेन्ट डा. अधिकारीले उहाँको उपचार नि:शुल्क गरिने बताउनुभएको छ । विरामीको उपचारमा संलग्न चिकित्सकलाई विरामीको उपचार नि:शुल्क गर्न निर्देशन दिदै परिवारलाई नआत्तिन समेत उहाँले आग्रह गर्नुभएको छ । विरामीको अवस्थाबारे जानकारी लिइसकेपछी प्रमुख अधिकारीले विरामीको शारिरिक र आर्थीक अवस्थालाई मध्यनजर गर्दा अहिले यही अस्पतालमा उपचार गराउँदा उचित हुने बताउनुभयो ।
उहाँले अस्पतालमा भएको स्रोत साधन र जनसक्तीको अधिकतम प्रयोग गरी विरामीको उपचार गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । विरामीको आर्थीक अवस्था नाजुक भएको थाहा पाएपछी डा. अधिकारीले अस्पतालले उहाँको निसुल्क उपचार गर्ने बताउनुभएको हो । पहिले सुगर रोगका विरामी पछी मृगौलामा इन्फेक्सन भएपछी १ हप्ता अघि बेहोस भएका डाँगीको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उपचार गर्ने पैसा नहुदा धेरै समस्या भएको विरामीका बुबा बिजय डाँगीले बताउनुभयो । निसुल्क उपचारको व्यवस्था मिलाइदिएपछी उहाँले अस्पतालप्रति धन्याबाद ज्ञापन गर्नुभएको छ । ‘उपचारका लागी अन्यत्र लैजाम भने पैसा छैन । ‘उहाँले भन्नुभयो–घरमा खाने कुरा केही छैन, पैसा पनि छैन, छोराको उपचार कसरी गर्ने’ ? यही भदौ ३ गतेदेखी विरामीलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।।