तुलसीपुर , १३ जेठ ।
जनकपुरमा हुन लागेको राष्टिय महिला ह्यान्डबल खेलका लागी दाङका खेलाडीहरु जनकपुर प्रस्थान गरेका छन् । दाङबाट १२ जना खेलाडी , दुई जना रेफ्रि सहित एक जना टिम कोच गरी जम्मा १५ जनाको टोलीलाई आज एक कार्यक्रमको आयोजना गरी विधाई समेत गरीएको छ ।
जनकपुरधाममा यहि जेठ १५ गतेदेखी १८ गते सम्म हुन लागेको राष्टिय महिला ह्यान्डबल खेलमा सहभागी जनाउनका लागी प्रस्थान गर्ने खेलाडीहरुको टिमलाई तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा शिक्षा समितिका संयोजक देशराज विश्वकर्मा, कार्यपालिका सदस्य तथा तुलसीपुरमा हुन लागेको मेयरकप खेल प्रतियोगिताको कार्यक्रम संयोजक अमर नेपाली माईकल, वडा नं. ५ का वडा सचिव संन्जय कुमार गुप्ता लगाएतले टिका लगाएर सयुक्त रुपमा सफलताको शुभकाना दिदै विधाई गरेका हुन् ।
प्रतियोगितामा भाग लिन जादा खेलाडी आफै पोसाक किन्नुपर्ने बाध्यता रहेको भन्दै त्यसलाई निरुत्साहित गदै उनीहरुलाई उत्प्रेरित गर्नका लागी कार्यपालिका सदस्य तथा खेल संयोजक माईकलले व्यक्तिगत रुपमा २८ हजार रुपैया बरावरको पोसाक खरिद गरी उपलब्ध गराई सहयोग गरेका छन् । साथै उनले सफलताको शुभकाना व्यक्त गदै जोस जागरका साथ प्रतियोगितामा भाग लिन आग्रह गरेका छन् ।
यस्तै खेलाडीहरुलाई विदाई गदै कार्यपालिका सदस्य देवराज विश्वकर्माले स्वास्थ्यको लागी खेलकुद र राष्टका लागी खेलकुद भन्ने नारालाई आत्मसाथ गदै अनुशासित रुपमा सहभागि हुन सुझाव दिएका छन् । साथै उनले खेलकुदको ंमाध्यमबाट तुलसीपुर नगरलाई स्पोर्ट सिटिका रुपमा विकास गर्ने योजना रहेको हुदा खेलाडीको उत्पादन र विकास गदै विभिन्न खेलहरु आयोजना गर्ने बताएका छन् ।