तुलसीपुर,१३ जेठ ।
पानी नपरेपछि गर्मी बढ्दै गएको छ । तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले गर्मी अझै बढ्ने मौसमविद्ले अनुमान गरेका छन् । केही ठाउँमा फाट्टफुट्ट पानी परेपनि ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन् । शनिबार धेरै ठाउँको तापक्रम यसवर्षकै उच्च पुगेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार नेपालगन्जको तापक्रम तीन डिग्री बढेर ४२ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै धनगढीको ४१ दशमलव २ डिग्री र काठमाडौंको ३१ दशमलव ५ डिग्री पुगेको छ । अरु ठाउँको पनि तापक्रम बढ्दै गएको महाशाखाले जनाएको छ ।
आज धेरै ठाउँको मौसम बदली हुने संभावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार बेलुकीपख केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
प्रकाशित मिति : २०७५ जेष्ठ १३ गते आइतवार