जिल्लामा खानेपानी दिगो व्यवस्थापन सम्वन्धि दुई दिने कार्यशाला गोष्ठी तुलसीपुरमा सुरु

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, १२ जेठ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङ र खानेपानी सन्जाल समिति दाङको सयुक्त आयोजनामा जिल्लामा रहेका खानेपानीहरुको दिगो विकास व्यवस्थापन सम्वन्धि दुई दिने कार्यशाला गोष्ठी आजबाट तुलसीपुरमा सुरु भएको छ । गाउँ शहर,घरघरमा स्वच्छ पानीको पहुंच हाम्रो रहर भन्ने नाराका साथ गोष्ठीको आयोजना गरीएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख चोक प्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रमका उद्घाटन ५ नम्वर प्रदेशका मुख्यमन्त्रि शंकर पोख्रेलले गरेका थिए । कार्यक्रमको उद्घाटन गदै मुख्य मन्त्री पोख्रेलले सवैठाउँमा एउटै प्रणालीबाट पानी दिने भन्ने कुरा व्यवहारिक नहुने बताएका छन् ।
उनले दाङमा दिनप्रतिदिन बस्ती विस्तार हुदै गएको बताउदै एउटै प्रणाली अर्थात एउटै सिस्टममा पानी खुवाउन जटिल हुने बताएका छन् । दाङको भगौलिक बस्ती अनुसार डिपबोरिङ, नदिबाट पानी ल्याउने र भएका मुहानलाई व्यवस्थित गरी पानी खुवाउन सकिने मुख्यमन्त्री पोख्रेलले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले दिर्घकालिन योजनाका साथ लागी सारदा र माडीको पानी दाङमा पानी ल्याउन सकिने बताएका छन्् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया