राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार

तुलसीपुर,१२ जेठ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार बेलुकाबाट सानो आन्द्राबाट भईरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ ।

धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि बुधबार मेदान्त अस्पतालमा लगिएको थियो । उहाँ अझै एक हप्ता अस्पतालमा रहनु हुनेछ । यसैबीच भारतस्थित नेपाली राजदूतावासले हिजो विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको जनाएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया