मावि उरहरीमा शुक्रवारीय कार्यक्रम सम्पन्न

तुलसीपुर,११ जेठ ।
तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयले शुक्रवारीय अतिरीक्त क्रियाकलाप सम्पन्न गरेको छ । जस अन्र्तगत कक्षा १–५ मा भएको चित्रकला प्रतियोगितामा अमृत रोका प्रथम, टोटिराम परियार द्धितिय, र साधना भण्डारी तृतिय भएका थिए । यस्तै कक्षा ६–८ मा भएको लोकगित प्रतियोगितामा चाहाना केसी प्रथम भएकि थिइन ।

यस्तै, कक्षा ९ – १० मा भएको कविता प्रतियोगितामा निजास बस्नेत प्रथम,निश्चल बस्नेत द्धितिय भएका थिए । अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिक्षक थानेश्वर आचार्यको अध्यक्षता तथा प्रधानाध्यापक पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कितावि ज्ञान मात्रै नभई अन्य कुराहरुमा पनि उनिहरुको क्षमता बृद्धि गर्नका लागि यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको छ । कार्यक्रममा प्रथम,द्धितिय र तृतिय हुने विद्यार्थिहरुलाई नोटबुक र कलम पुरस्कार वितरण गरीएको थियो । कार्यक्रमको सहजिकरण अतिरिक्त क्रियाकलाप समितिकि सदस्य शिक्षक गोमा वालन क्षेत्रीले गरेकि थिईन ।

प्रकाशित मिति : २०७५ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया