खेल क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने: गिरी

तुलसीपुर, ११ जेठ ।
पुर्व सिचाई मन्त्रि दिपक गिरीले खेल क्षेत्रको विकासका लागी राज्यले ध्यान दिनुपर्ने वताउनु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ ले आयोजना गरेको विद्यालय स्तरिय फुटवल प्रतियोगिताको समापन कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व मन्त्रि गिरीले खेल क्षेत्रमा अथाह सम्भावना भएपनि राज्यले उचित ध्यान दिन नसकेको भन्दै अन्य क्षेत्र जस्तै खेल क्षेत्रलाई पनि प्रार्थमिकतामा राख्नु पर्ने वताउनु भएको हो ।

वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षतामा भएको फुटवल समापन कार्यक्रममा पुर्व सांसद् वुद्धिराम भण्डारीले ११ नम्वर वडाका युवाहरु खेल क्षेत्रमा अगाडि रहेको वताउदै अझै अगाडि वढाउन सरकारी पक्षबाट उचित ध्यान दिईनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि भण्डारीले वडाले खेल क्षेत्रको विकासमा पु¥याएको योगदानको चर्चा गर्दै आगामि दिनहरुमा पनि अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्रलाई प्रार्थमिकता दिन सुझाउनु भयो । कार्यक्रममा वोल्दै कांग्रेस नेता तथा समाजसेवी शंकर गिरीले खेल जगत पनि एउटा महत्वपुर्ण पाटो भएको चर्चा गर्दै खेलकुदमा सरकारी निकायको नजर जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला मानवअधिकार रक्षकहरुको सञ्जाल दाङका अध्यक्ष शुष्मा गिरी, वडाका कर्मचारी अर्जुन चौधरी लगायतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण वडा सदस्य सुवास डांगीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिलाई मायांको चिनो प्रदान गरिएको थियो ।

यसैविच वडा नम्वर ११ ले आयोजना गरेको फुटवल प्रतियोगिताको उपाधी दिव्य ज्योति वोर्डिङ स्कुलले हात पारेको छ । वडा कार्यालयको आयोजनामा विहिवार ११ गते देखि शुरु भएको प्रतियोगिताको अन्तीम खेलमा दिव्य ज्योति वोर्डिङ स्कुलले दंगिशरण वोर्डिङ स्कुललाई ट्राईवेकरमा हराउदै प्रथम स्थान हासिल गरेको हो । यस्तै दोस्रोमा दंगिशरण वोर्डिङ स्कुल आएको छ भने न्यौ शान्ति वोडिङ स्कुल तेस्रो भएको छ ।

खेलअवधि भर उत्कृष्ट खेल प्रदर्शन गर्ने विपेश चौधरीलाई उत्कृष्ट खेलाडि घोषणा गरिएको थियो । प्रथम, द्धितिय र तृतिय हुनेलाई शिल्ड, प्रमाणपत्र तथा मेडल सहित क्रमश ७ हजार ५ रुपैयां, ५ हजार ५ रुपैया र ३ हजार ५ सय ५ रुपैया पुरष्कार स्वरुप प्रदान गरिएको थियो ।

५ वटा टिम मध्ये उत्कृष्ट हुने खेलाडि विपेश चौधरीलाई पनि नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । खेल अवधिभर महत्वपुर्ण भुमिका निर्वाह गर्ने वेल्टाकुराका रमेश मल्ल लगायत १० जनालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया