लक्ष्मण विश्वकर्मा ,तुलसीपुर , ११ जेठ ।
तुलसीपुर ४ मा रहेको खाद्रे खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आयोजनामा आज पानी मुहान अवलोकन गरीएको छ । समितिका अध्यक्ष शोभाराम बुढाथोकीको नेतृत्वमा गएको टोलीमा वडा नम्वर ४ का वडा अध्यक्ष बालकृष्ण राना सहित विभिन्न संघसंस्था,पत्रकार र सरोकारवालाहरुको सहभागिता रहेको थियो । उक्त टोलीले विभिन्न स्थानको पानी मुहानको अवलोकन तथा अध्ययन गरेको थियो ।
खाद्रे खानेपानीको तिन वटा मुहान भएपनि ओदारेघारी र कुईनीबोट पानी मुहानको अवलोकन गरीएको हो । समितिका अनुसार एक लाख घनमिटर,पचास हजार घनमिटर, २३ हजार घनमिटर २५÷२५ घनमिटरका दुई टंकी र विभिन्न स्थानमा रिर्जव टंकीहरु निर्माण गरीएको छ । खाद्रेमा ४ सय घरधुरी भएपनि हाल समितिमा तिन सय ३७ उपभोक्ता रहेका छन् । त्यस्तैगरी ३ वटा सार्वजनिक धारा रहेका छन् ।
आफुहरुले सरकारले ल्याएको एक घर एक धारा भन्ने अवधारणालाई अबलम्वन गदै उपभोक्ताको घरघरमा धारा पु¥याउन सफल भएको अध्यक्ष बुढाथोकीले बताएका छन् । पानी सहज रुपमा आपुर्ति भएपनि रुन पानीको समस्या देखीएको बताउदै अध्यक्ष बुढाथोकीले पानीको जोखीम भएको बताएका छन् । त्यस्तैगरी भुतपुर्व सैनिकद्धारा निर्माण गरीएका २५÷२५ घनमीटरका दुई वटा टंकी जिर्ण भएको उनले बताएका छन् ।
विगत देखी उपभोक्ताहरुलाई सर्वसुलभ,स्वच्छ सफा पिउने पानी सहज रुपमा खुवाउदै आएपनि खानेपानीको भौतिक संरचनाको अभाव भएको उपाध्यक्ष तुल्सी थापाले बताएका छन् । साथै उनले वडा र तुलसीपुर उपमहानगर लगाएत विभिन्न निकाय योजना माग गरेको बताउदै अवलोकन पश्चात उक्त समस्या समाधानका लागी सम्वन्धित निकायलाई झकझक्याउन आफुहरुलाई सजिलो हुने अपेक्षा गरीएको बताएका छन् ।
वडा नंम्वर ४ का वडा अध्यक्ष बालकृष्ण रानाले खाद्रे खानेपानीको स्तरोन्नतीका लागी आफुले सक्दो सहयोग गर्ने बताएका छन् । उनले वडाको विभिन्न बस्तीमा अझै खानेपानीको समस्या रहेको बताउदै सम्पुर्ण उपभोक्तालाई सफा पानी खुवाउनका लागी आफुले पहल गर्ने बताएका छन् । अवलोकन पछि समितिको बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकको सहजीकरण कोषाध्यक्ष हेम बहादुर थापा र डुविन्द्रराज केसीले गरेका थिए ।
खाद्रे खानेपानीको मुहान अबलोकन
प्रकाशित मिति : २०७५ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया