तुलसीपुर,११ जेठ ।
समयमा निर्माणको काम सम्पन्न नगरेको भन्दै प्रहरीको नियन्त्रणमा रहेका दुई निर्माण ब्यवसायी लाई प्रहरीले छोडेको छ । दाङको हात्तीखौवा तुलसीपुर सडक खण्डको फोरलेन सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण ब्यवसायी प्रकाश महतारा र घोराहीको सडक र केही पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायी पदम शर्मालाई प्रहरीले विहिवार नियन्त्रणमा लिएको थियो ।
उनिहरुले असार मसान्तमा काम सक्ने प्रतिबद्धता जनाएपछि उनिहरुलाई विहिवार राती छाडिएको प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिईन ।
प्रकाशित मिति : २०७५ जेष्ठ ११ गते शुक्रवार