तुलसीपुर,१० जेठ ।
समयमा काम निर्माणको काम सम्पन्न नगर्ने एक ठेकेदारलाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठेकेदार प्रकाश महतारा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
दाङको हात्तीखौवा तुलसीपुर सडक खण्डको फोरलेन सडक निर्माणमा ढिलासुस्ती गरेका भन्दै उनलाई नियन्त्रणमा लिइएको डिएसपी प्रकाश सापकोटाले बताएका छन । आज दिउसो ३ बजे तिर उनलाई पक्राउ गरिएको हो ।
असार मसान्त सम्ममा सडकको काम सक्ने प्रतिबद्धता गरे छाड्ने नत्र सार्वजनिक मुद्धा चलाईने डिएसपी सापकोटाले बताए । उता घोराहीको सडक र केही पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायी पदम शर्मालाई घोराहीबाट पक्राउ गरिएको छ ।
प्रकाशित मिति : २०७५ जेष्ठ १० गते बिहिवार